साम्राज्ञीलाई भुवनको जवाफ ‘सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी!’

वेलकम खबर
असार १५, २०७७

काठमाडौँ। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले केही समय अघि सामाजिक सञ्जाल आफ्नो इन्स्टाग्राममा एउटा भिडियो शेयर गर्दे  ५ वर्षको अवधिमा आफूले ८ फिल्ममा काम गर्दा धेरै नराम्रो अनुभव भोगेको बताएकी थिइन। यो भिडियोले सामाजिक सञ्जालमा निक्कै चर्चा पनि पाएको थियो।

साम्राज्ञीले केही फिल्मको सुटिङ सेटमा खाना र पानी उपलब्ध गराउन आग्रह गर्दा निर्माता र निर्देशकले अपशब्द बोल्ने गरेको भन्दै पीडा पनि उक्त भिडियो मार्फत पोखेकी छिन्। साम्राज्ञीको यो अभिव्यक्ति निर्माता तथा अभिनेता भुवन केसीतर्फ पनि केन्द्रित थियो। यस अघि उनले थुप्रै पटक मिडियासँगको अन्तर्वार्तामा फिल्म ‘ड्रिम्स’ को सेटमा आफूले नराम्रा अनुभवहरू भोगेको भन्दै आएकी थिइन्। अभिनेत्री साम्राज्ञीको हरकत र भनाइहरुलाई नजरअन्दाज गर्दै आएका निर्माता भुवन केसीले यसपटक भने सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेरै साम्राज्ञीलाई जवाफ फर्काएका छन्।

अभिनेत्री साम्राज्ञीको सुटिङ सेटमा खाना र पानी माग्दा केही निर्माता र निर्देशकले अपशब्द बोलेको भनाइ प्रतिको जवाफमा अभिनेता भुवन केसीले आक्रोशित हुँदै सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखेका छन्, ‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोइकराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन्? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने।’ साथै उनले सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे राम्रो हुने उल्लेख गरेका छन्। भुवनले साम्राज्ञीले आज पनि ‘ड्रिम्स’कै ब्रान्ड बेचेर चलचित्र क्षेत्रमा नाम कमाइरहेको आरोप समेत लगाएका छन्। यो विषयमा साम्राज्ञीले कुनै जवाफ भने दिएकी छैनन्।

अभिनेता केसी सामाजिक सञ्जालमा यसरी आक्रोशित भएर प्रस्तुत भएको पहिलो पटक नै हुनसक्छ। भुवनले नै साम्राज्ञीलाई आफूले निर्देशन गरेको फिल्म ‘ड्रिम्स’ बाट अभिनेत्रीको रुपमा भित्राएका थिए। यो फिल्मको सफलता पछि साम्राज्ञी नेपाली फिल्मकी डिमान्डेड अभिनेत्री बनेकी थिइन्। उनी  महँगो पारिश्रमिक लिने अभिनेत्रीमा पनि पर्छिन्। तर अहिले भने साम्राज्ञीले खासै सफलता पाउन भने सकेकी छैनन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*