पारिश्रमिक नदिने आयोजकको नाम र तस्बिर सार्वजनिक गर्ने गायक सुगम पोखरेलको चेतावनी

वेलकम खबर
असार १५, २०७७

काठमाडौँ। गायक सुगम पोखरेलले स्टेज पफर्मेन्सको पारिश्रमिक नदिने आयोजकको नाम सार्वजनिक गर्ने चेतावनी दिएका छन्। कार्यक्रम सकिएको वर्ष बितिसके पनि विभिन्न बहाना देखाएर पारिश्रमिक नदिने आयोजकको तस्बिरसहित नाम सार्वजनिक गर्ने उनले चेतावनी दिएका हुन्।

उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफ्नो सृजनशीलतालाई कमजोरी ठानेर भुल गरे जस्तो लागेको र अत्ति भएर यो गर्न बाध्य भएको जनाएका छन्। उनले अव कानुनी उपचारको बाटोमा जाने समेत उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘अति भयो त्यसैले लेख्न बाध्य भए! गएको वर्ष देश अनि विदेशमा गरेका केही कार्यक्रम को पाउन बाँकी पारिश्रमिक, आयोजक साथीभाइहरूले झुलाईरहेको महसुस भयो। त्यसैले  २४ घन्टा भित्र यसको उचित समाधान नभएमा तपाईं को सुन्दर तस्वीर सहित नाम सार्वजनिक गर्ने छु। मेरो सहनशीलता लाई कमजोरी ठान्ने भुल गर्नु भयो कि यहाँहरूले जस्तो लाग्यो त्यसैले  सम्झौतापत्र र प्रमाण अनुसार कानुनी उपचार को बाटो त छँदैछ।’

साथै उनले कोरोना या अरु केही कारण नदेखाउन आग्रह गरेका छन्। किनकि यी सबै कार्यक्रम ७ महिना देखी १ वर्ष अगाडि सम्पन्न भएको उल्लेख गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*