पूजालाई सुष्माको प्रहार : नेपालका हिरोइन देखेर लाज लाग्यो

वेलकम खबर
असार १४, २०७७

काठमाडौँ। नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि दुई अभिनेत्री पूजा शर्मा र सुष्मा कार्की बीचको विवादले चर्चा पाउँदै आएको छ। यी दुई बीचको सम्बन्ध राम्रो नरहेको कुरा सार्वजनिक कार्यक्रम देखि सामाजिक सञ्जालका भित्ता र मिडियामा आउने अन्तर्वार्ताबाट प्रष्ट देख्न सकिन्छ। यो विवाद निर्देशक सुदर्शन थापा र अभिनेत्री सुष्मा कार्कीको सम्बन्धको बीचमा पूजा शर्मा आएको भन्ने चर्चा चल्दै आएको छ। तर यो कुरा पुजा र सुदर्शन दुवैले स्वीकार गरेका छैनन्।

पूजा शर्मासँग लगातार काम गर्नु अगाडि सुदर्शन अभिनेत्री सुष्मासँग काम गर्ने गर्दथे। ‘के यो माया हो’ र ‘मेरो एउटा साथी छ’ मा यी दुईले साथ काम गरेको थिए। यी दुई बिच प्रेम सम्बन्ध पनि रहेको थियो। सुष्मा कार्कीले फेरि पनि पुजा शर्मालाई नराम्रो सँग प्रहार गरेकी छिन्।

पूजाले एक अन्तर्वार्तामा नेपालको जिल्लाको सङ्ख्याबारे दिएको गलत जवाफको भिडियो क्लिप केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भैरहेको छ। पूजाले तीन महिनाअघि प्राइम टिभीमा दिएको अन्तर्वार्तामा नेपालमा १४ जिल्ला रहेको बताएकी थिइन्। यो अन्तर्वार्ता युट्युबबाट हटाइए पनि उनले नेपालको जिल्लाबारे दिएको जवाफको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी ट्रोलको शिकार भएकी छन्।

यसबीच अभिनेत्री सुष्मा कार्कीले पूजा माथि नराम्रो तरिकाले प्रहार गरेकी छिन उनले सामाजिक सञ्जाल इन्स्टाग्रामको स्टोरीमा लेखेकी छिन्, ‘नेपालमा कतिवटा जिल्ला र प्रदेश छन् भन्ने ज्ञान नहुने नेपालका हिरोइन देखेर लाज लाग्यो। छिःछिः।’ पूजाको हरेक एक कमी कमजोरी औंल्याएर बस्ने गरेकी सुष्माले एकपटक फेरि प्रहार गर्ने मौका पाएकी छिन्। हुनत एउटा कलाकारले आफ्नो  अभिनयमा सारा समय खर्च गरेको हुन्छ। कलाकारिता राम्रो भएको कारणले गर्दा नै अहिले पुजा आम दर्शकको मनमा बस्न सफल भएकी छिन्। अरु भन्दा आफू लागि परेको पेशा बारे धेरै ज्ञान हुने गर्दछ। त्यसै कारण पुजा शर्माको गलत जवाफ त्यति ठूलो गलत नहोला की!

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*