कार दुर्घटनामा परि पत्रकार कृष्णबाबु पाण्डेको मृत्यु

वेलकम खबर
असार १४, २०७७

काठमाडौँ। सवारी दुर्घटनामा परि रूपन्देहीका पत्रकार कृष्णबाबु पाण्डेको मृत्यु भएको छ। रूपन्देहीमा रही न्युज २४ टेलिभिजनमा रिपोर्टिङ गर्दै आएका पाण्डेको शनिबार राति आफैले चलाएको कार दुर्घटनामा परि मृत्यु भएको हो।

मध्यराति बुटवलदेखि आफ्नो घर तिलोत्तमाको ड्राइभरटोलतर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको कार दुर्घटनामा परेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। कार दुर्घटनामा परी गम्भीर घाइते उनलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिए भएपनि राति १ बजेको करिब मृत्यु भएको हो।

३० वर्षीय पाण्डेको शवलाई पोष्टमार्टमका लागि अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका बिर्घा स्थायी घर भएका पाण्डे पछिल्लो १० वर्षदेखि बुटवलमा रही गीतसङ्गीतको क्षेत्रमा समेत सक्रिय थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*