विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड नाघ्यो, ५ लाख बढिको मृत्यु
काठमाडौँ। विश्वमा कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या १ करोड नाघेको छ। पछिल्लो २४ घण्टामा १ लाख ७५ हजार २६७ जना सङ्क्रमित थपिए सँगै कुल सङ्क्रमितको सङ्ख्या १ करोड ७४ हजार ६३० पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ५४६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको सङ्ख्या ५ लाख ६२५ पुगेको छ। भने उपचारपछि निको हुनेको सङ्ख्या ५४ लाख ५१ हजार ९८४ पुगेको छ भने ४१ लाख २१ हजारभन्दा बढीको उपचार भइरहेको छ।
कोरोनाबाट सबै भन्दा बढी अमेरिकामा २५ लाख ९६ हजार ३६४ जना सङ्क्रमित भएका छन्। भने, अमेरिकामा एक लाख २८ हजार १५२ जनाको मृत्यु भएको छ। अमेरिका पछि सबैभन्दा बढी ब्राजिल प्रभावित भएको छ। ब्राजिलमा अहिले सम्म १३ लाख १५ हजार ९४१ जना सङ्क्रमित भएका छन्। भने, ५७ हजार १०३ को मृत्यु भएको छ। रसियामा अहिले सम्म ६ लाख २७ हजार ६४६ जना सङ्क्रमित भएका छन् भने ८ हजार ९६९ जनाको मृत्यु भएको छ। भारतमा ५ लाख २९ हजार ५७७ जना सङ्क्रमित भएका छन्। भने, १६ हजार १०३ जनाको मृत्यु भएको छ।


















