नेपालमा थप ५५४ जनामा कोरोना सङ्क्रमणको पुष्टि, सङ्क्रमितको सङ्ख्या १२ हजार ३०९ पुग्यो
काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ५५४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप ५५४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भए सँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १२ हजार ३०९ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १३६ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन्। निको हुनेमा १८ महिला र ११८ पुरुष रहेका छन्। योसँगै नेपालमा उपचारपछि निको हुनेको सङ्ख्या २ हजार ८३४ पुगेको छ।
मन्त्रालयका अनुसार हालसम्म ६५७१२ जना क्वारेन्टिनमा छन् भने ९४४७ जना आइसोलेनसनमा रहेका छन्। नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगिसकेको छ।


















