नेपालमा भित्रियो सलह किरा 

वेलकम खबर
असार १३, २०७७

काठमाडौँ। नेपालमा सलत किरा प्रवेश गरेको छ। भारतसँग सीमा जोडिएका तीन जिल्लामा सलह प्रवेश गरेको हो। बारा, पर्सा र सर्लाहीमा शनिबार बिहान सहलको झण्ड भारतबाट प्रवेश गरेको जनाइएको छ।

नेपाल छिरेका सलहहरु अहिले रुख तथा जमिनमा बसेको जानकारी आएको जनाइएको छ। बाराको डुमरवानासहितका दुई स्थान, पर्साको पर्सागढी तथा सर्लाहीको नलवपुर क्षेत्रमा शनिबार बिहान ७ देखि ८ बजेको बीचमा सहलको झुण्ड भारतबाट प्रवेश गरेको बताइएको छ। नेपाल प्रवेश गरेको सलह कस्तो खालको सहल हो, र सङ्ख्या कति छ भन्ने थाहा पाउनका विज्ञहरूले अध्ययन गर्नुपर्ने बताइएको छ।

ठूलो सङ्ख्यामा नरहेको प्रारम्भिक जानकारी रहेको र यी सहल आप्रवासी हुन सक्ने पनि जनाइएको छ। पश्चिमबाट पूर्व तिर बहेको हावा केही दिनअघि अचानक दक्षिणबाट उत्तर तिर बहेकाले सहलको झुण्ड तितरबितर भएर नेपाल आएको हुन सक्ने अनुमान गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*