आँखा स्वास्थ्य राख्न जान्नै पर्ने ६ कुरा

वेलकम खबर
असार १३, २०७७

एजेन्सी। आँखा एकदम संवेदनशिल भाग हो। आँखा विनाको संसार कल्पना गर्न पनि गाह्रो हुन्छ छ। आखाले गर्दा हामिले यो संसारको हरेक चिज नियाल्न सकिरहेका छौँ। मानिसहरू आखाँको भागलाई लिएर धेरै सम्वेदनसिल पनि हुन्छन्। त्यसैले आँखा को धेरै हेरचाह गर्नु आवश्यक हुन्छ।

आखा स्वास्थ्य कसरी राख्ने भन्ने बारे जान्नै पर्ने ६ कुरा

१. सूर्यको अल्ट्राभाइलेन्ट किरण र अन्य प्रदुषण ले गर्दा आखाँमा असर गर्दछ। त्यसैले बाहिर हिँड्दा सुरक्षित आइग्लास लगाउनु राम्रो हुन्छ। यसले घाम र धूलो दुवैबाट आँखालाई सुरक्षित राख्न मद्दत गर्दछ।

२. बाहिरी प्रदूषणले अनुहार र आँखाको कोष धुलाम्मे भएपछि अधिकांशले घर पुगेलगत्तै आँखामा पानी छयाप्ने गरेको देखिन्छ। यस्तो गर्नु हुँदैन किनभने आखाँमा पानी छ्याप्दा धूलो आँखाभित्र जाने सम्भावना बढी हुन्छ र अझ आखाँलाई खतरा हुन सक्छ। अनुहार सफा गरेपछि हत्केलामा स्वच्छ पानी राखेर छ्याप्दा भने आँखालाई फाइदा गर्छ। आँखा सुक्खा बनेको अवस्थामा पानीले हल्कासँग भिजाउँदा पनि फाइदा गर्छ।

३. कम्प्युटर–ल्यापटपमा लामो समय निरन्तर काम गर्नु हुँदैन यसरी निरन्तर हेरिरहँदा आँखा चाँडै बिग्रिने खतरा हुन्छ। स्क्रिनमा २० मिनेटसम्म हेरेपछि २० सेकेन्डदेखि एक मिनेटसम्म आँखालाई आराम दिनैपर्छ दिनहुँ स्क्रिनमा बसेर काम गर्ने व्यक्तिले हरेक घन्टाको अन्तरमा आँखाको कसरत गर्दा राम्रो हुन्छ।

४. टेलिभिजन पनि निरन्तर लामो समय सम्म हेर्नु हुँदैन। धेरै नजिक या टाढा राखेर हेर्नु राम्रो हुँदैन। कम्तिमा पनि ६ मिटर टाढा राखेर टेलिभिजन हेर्ने उचित हुन्छ टेलिभिजनको कलर र ब्राइटनेस पनि ठिक्क राखेर हेर्नुपर्छ। यसले आँखामा पीडा दिँदैन र स्वस्थ राख्न मद्दत गर्छ।

५. हरेक व्यक्तिले वर्षको एकपटक आँखा जँचाउनु पर्छ। आँखामा कुनै समस्या छैन, तर सुगर, हाई ब्लडप्रेसर, ट्युबरक्लोसिसजस्ता दीर्घ रोग छन् भने आँखामा जुनसुकै वेला खतरा निम्तिन सक्छ। यस्ता रोगीले बेलाबेला आँखा परीक्षण गराइराख्नुपर्छ।

६. खानपानले पनि आँखाको स्वास्थ्यमा प्रभाव पार्ने गर्छ। पानी पर्याप्त पिउनुपर्छ। आँखा सुक्खा हुन दिनु हुँदै। सिजन अनुसार हरियो सागपात, माछामासु, दूध र गेडागुडीमा जोड गर्नुपर्छ। पर्याप्त पोषणले आँखा स्वस्थ राख्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*