नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतक सङ्ख्या २८ पुग्यो

वेलकम खबर
असार १३, २०७७

चितवन। नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ। चितवनमा आज थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो। कैलालीको गोदावरी नगरपालिका ७ का ५० बर्षिया पुरुषको बिहान ९ बजे भरतपुर अस्पतालको आइसीयु कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ।

उनी क्यान्सरका बिरामी थिए। चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहीबार राती कोरोना सङ्क्रमण पुष्टि भएको थियो। कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो। हिजो दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि र उनलाई आइसोलेसन वार्डबाट आइसीयुमा सारिएको अस्पतालले जनाएको छ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने सङ्ख्या २८ पुगेको छ भने चितवनमा मात्रै २ पुगेको छ। यसअघि भरतपुर महानगरपालिका ११ का कोरोना सङ्क्रमितको मृत्यु भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*