विभिन्न देशबाट समस्यामा परेका १० हजार बढि नेपाली स्वदेश फर्काइए 

वेलकम खबर
असार १३, २०७७

काठमाडौँ। कोरोनाका भाइरसको महामारीका कारण समस्यामा परेका भारतबाहेक तेस्रो मुलुकबाट १० हजार ४ सय १६ नेपाली स्वदेश फर्काइएको छ। उनीहरूलाई जेठ २२ देखि असार १२ गतेसम्ममा विभिन्न २० मुलुकबाट स्वदेश फर्काइएको हो।

लकडाउनका कारण विदेशमा ३ महिनादेखि अड्कीएका नेपालीहरूलाई चार्टर जहाजमार्फत स्वदेश फर्काइएको छ। रोजगारी गुमाएका, भिसा अवधि सकिएका, गर्भवती, कोरोना बाहेकका अन्य बिरामी, व्यवसयीक कामका लागि गएर अलपत्र परेका, पर्यटक भिसामा गएर रोकिएका लगायतलाई प्राथमिकताका आधारमा स्वदेश फर्काइएको हो।

हालसम्म सबैभन्दा बढी कुवेतबाट १३ वटा उडानमार्फत  २००२ नेपाली स्वदेश फर्किएका छन्। त्यसपछि युएईबाट ११ वटा उडानमार्फत १,८७१, मलेसियाबाट ७ वटा उडानमार्फत ९२३, बङ्गलादेशबाट ४ वटा उडानमार्फत ८१५, साउदीबाट ५ वटा उडानमार्फत ८१० र कतारबाट ५ उडानमार्फत ६३८ नेपाली स्वदेश फर्किएका छन्।

यस्तै, माल्दिभ्सबाट ४ वटा उडानमार्फत ६०४, जापानबाट ४ वटा उडानमार्फत ४९२, बहराइनबाट ३ उडानमार्फत ४२३, थाइल्याण्डबाट २ उडानमार्फत ३२६, ओमानबाट दुई उडानमार्फत ३१३, अमेरिकाबाट २८२, अस्ट्रेलियाबाट २ वटा उडानमार्फत २६९, दक्षिण कोरियाबाट २२८, सिङ्गापुर शबाट १४६, बेलायतबाट १४६, पाकिस्तानबाट ७२, म्यानमारबाट २६, अफगानिस्तानबाट १८, हङ्कङबाट ७ र श्रीलङ्काबाट ५ जना गरी १० हजार ४१६ नेपाली स्वदेश फर्किएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*