नेपालमा थप ५९३ मा कोरोना पुष्टि, सङ्क्रमित सङ्ख्या ११ हजार ७५५ पुग्यो, २७ को मृत्यु
वेलकम खबर
असार १२, २०७७
काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ५९३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आए सँगै कुल सङ्क्रमितको सङ्ख्या ११ हजार ७ सय ५५ पुगेको छ।
पछिल्लो २४ घण्टामा गरिएको ६ हजार ५३६ जनाको पीसीआर परीक्षण गरिएको थियो। यस्तै उपचारपछि निको हुनेको सङ्ख्या २ हजार ६९८ जना पुगेको छ। आज ४८ जना निको भएका छन्। भने सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ।


















