संघीय सरकारले आउँदो बर्षको बजेट मार्फत ताप्लेजुङका लागि छानिए २८३ योजना
ताप्लेजुङ। आर्थिक बर्ष २०७७।०७८ को बजेटमार्फत ताप्लेजुङका लागि २ सय ८३ वटा योजना छानिएका छन्। सबैभन्दा बढी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, वन वातावरण र भौतिक पूर्वाधार मन्त्रालयका छन्। वन तथा वातावरण मन्त्रालयमार्फत ६९, पर्यटन मन्त्रालयमार्फत ६२ र भौतिक पूर्वाधार मन्त्रालयका ४१ वटा योजना छानिएका छन्। यस्तै शहरी विकास मन्त्रालयका १९, भौतिक पूर्वाधार मन्त्रालय अन्र्तगत बजेट उपशीर्षक नम्बर ३३७०११२२ का ५, रणनीतिक सडक पुल निर्माण तथा पुल पुलेसा संरक्षण कार्यक्रमका ७, सडक पूर्वाधार विकास कार्यक्रमका ७, बैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमका ६ र राजमार्ग स्तरोन्नती तथा पुर्नस्थापना कार्यक्रमका २ र रणनीतिक पुलहरुको बिस्तृत सम्भाव्यता अध्ययन अन्र्तगका योजना ७ र स्थानीय तहमा समपुरक अनुदान अन्र्तगतका १० योजना छानिएका छन्।
यस्तै संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयका १३, उर्जा, जलस्रोत र सिचाँई मन्त्रालयका २६, खानेपानी तथा सरसफाई मन्त्रालयका १९, युवा तथा खेलकुद मन्त्रालयका ६, महिला तथा बालबालिका मन्त्रालयका २, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १८ र कृषि तथा पशुपंक्षि मन्त्रालय अन्र्तगत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तथा कृषि तथा भेटनरीका लागि स्थानीय तहमा बित्तीय हस्तान्तरण कार्यक्रम सहित गरी १० वटा योजना छन्। आउँदो आवको बजेटमा देशका सय गन्तव्य भित्र पर्न सफल पाथीभरा मन्दिर, फुङ्फुङ्गे झरना, तिम्बुङपोखरी, साढे ४ सय बर्ष पुरानो ठानिएको दिकी छ्योलिङ गुम्बा देखि लिएर सुकेटार बिमानस्थलको स्तरोन्नती सम्मको कार्यमा लागि बजेट बिनियोजन भएको छ।
आश्रम,मठमन्दिर र गुम्बा संरक्षण देखि लिएर पुरातात्विक महत्वका स्थानहरुको पुर्ननिर्माण, पदमार्ग निर्माण, पर्यटकिय क्षेत्रहरुको प्रवद्र्धन, युमा साम्यो मुन्धुम हिम, माङ्गेना यक धार्मिक स्थल संरक्षण, लिम्बू संग्रहालयक पर्यटन पूर्वाधार सहितका योजना रहेका छन्। शहरी विकास मन्त्रालयले सबै स्थानीय तहले माग गरे बमोजिम उसैसंग मिलेर सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरको छाना बिस्थापन गर्ने कार्यक्रम देखि फुङ्लिङ बजारमा अलैंची स्तम्भ पार्क निर्माण सम्मका योजनाका लागि रकम छुट्टयाएको छ।
भौतिक पूर्वाधार मन्त्रालयले सडक बिभाग ललितपुरमार्फत कार्यान्वयन हुनेगरी तमोर करिडोरको चतरा–मुलघाट–माझीटार–दोभान–ओलाङ्चुङगोला सडकका लागि १ अर्ब १० करोड ५० लाख रकम बिनियोजन भएको छ। यो क्षेत्रका बिभिन्न २० स्थानमा पुलपुलेसा निर्माणका लागि समेत थप बजेट रहेको छ। बसन्तपुर–गुफा–ढुङ्गेसाँघु–दोभान हुदै आउने मदन भण्डारी राजमाार्ग सहित ६ वटा बैकल्पिक सहायक राजमार्ग छानेको यो मन्त्रालयले बैकल्पिक सहायक राजमार्गका लागि बढीमा २० करोड सम्म रकम छुट्टयाएको छ।
यो बर्ष फुङ्लिङ बजार बाहिरबाट बाईपास रोड निर्माण गर्न ३ करोड रकम बिनियोजन भएको छ। समपुरक अनुदानमार्फत फुङ्लिङमा ल्याण्डफिल साईड निर्माण देखि लिएर पाथीभरा याङ्वकरमा खानेपानी र मेरिङ्देनमा बर्थिङ सेन्टर भवन समेत बन्ने छन्। संघीय मामला मन्त्रालयमार्फत यहाँका बिभिन्न स्थानीय तहमा झोर्लुङ्गे पुल निर्माण हुनेछन्। उर्जा तथा जलस्रोत मन्त्रालयमार्फत २२० केभीए क्षमताको सव स्टेशनका लागि ३ अर्ब ६ करोडको योजना देखि लिएर काबेली ए जलबिद्युत परियोजनाका लागि ३० करोड बढी रकम बिनियोजन भएको छ। खानेपानी मन्त्रालयमार्फत पाथीभरा क्षेत्रमा खानेपानी निर्माण हुने खानेपानी योजनाका लागि ४ करोड बिनियोजन भएको छ। युवा तथा खेलकुल मन्त्रालयमार्फत ताप्लेजुङमा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिताका लागि बजेट बिनियोजन भएको छ।
स्थानीय तहमा खेलग्राम निर्माण, युवा पहिचान तथा सामाजिक जागरण रुपान्तरण र समृद्धिका लागि युवा परिचालन कार्यक्रम समेतका लागि बजेट रहेको छ। मैवाखोला गाउँपालिकामा रहेको ढुङ्गेसाँघु प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पताल बनाउन र सिरिजङ्घामा रहेको स्वास्थ्य केन्द्रलाई थप व्यवस्थित गर्न जनही ४–४ करोड बढी रकम बिनियोजन भएको छ। सबै स्थानीय तहका स्वास्थ्य संस्थाका लागि कम्तिमा २ करोड बढीका योजना छन्। हाङ्देवा पहिरो नियन्त्रणका लागि वन तथा वातावरण मन्त्रालयबाट २ करोड बजेट बिनियोजन भएको छ। यो मन्त्रालयमार्फत ६९ वटा योजना कार्यान्वयन हुनेछन्। प्रस्ताव पेश गरी कार्यक्रम र बजेट माग्न सकिने गरी महिला तथा बालबालिका मन्त्रालयमार्फत जेष्ठ नागरिक मिलन केन्द्र निर्माण र महिला उद्यमशिलता कार्यक्रम राख्न सकिने भएको छ।
पुरा हेर्न यहाँ क्लिक गर्नुहोस



















