आत्महत्या गरेका दैलेखका २१ बर्षिय युवाको कोरोना परिक्षण नतिजा पोजेटिभ

वेलकम खबर
असार १२, २०७७

काठमाडौं। कर्णाली प्रदेशमा आत्महत्या गरेका एक युवाको कोरोेना परिक्षण रिपोर्ट पोजेटिभ आएको छ। दुल्लु नगरपालिका–१० छुवालाका २१ वर्षीय युवाको विहिबार गरिएको स्व़ाब परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार उक्त युवाले असार ९ गते आत्महत्या गरेका थिए। मन्त्रालयले मृतक पुरुषको शव व्यवस्थापनको कार्य भइरहेको जनाएको छ।

योसँगै कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। त्यस्तै नेपालमा भने योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*