श्रीमतीको हत्यारा श्रीमान पक्राउ
वेलकम खबर
असार १२, २०७७
काठमाडौँ। श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको टोखा नगरपालिका–३ बानियाँटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँले श्रीमती सलिना खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले बिहीबार उनलाई पक्राउ गरेको हो।
बुधबार राति करिब १ बजेको समयमा विवाद हुँदा उनले चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको र शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पुर्याइएको जनाइएको छ।


















