विश्वमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या १ करोड नजिक

वेलकम खबर
असार १२, २०७७

काठमाडौँ। विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १ करोड नजिक पुगेको छ। पछिल्लो २४ घण्टामा १ लाख ७५ हजार नयाँ सङ्क्रमित थपिए सँगै कुल सङ्क्रमित हुनेको सङ्ख्या ९७ लाख १० हजार २०५ पुगेको हो। पछिल्लो २४ घण्टामा ५ हजार १ सय ७ जनाको मृत्यु भए सँगै कुल मृत्यु हुनेको सङ्ख्या ४ लाख ९१ हजार ७८३ पुगेको छ। साथै अहिले सम्म ५२ लाख ५५ हजार ७५८ जना उपचार पछि निको भएका छन्।

कोरोना भाइरसबाट संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी सङ्क्रमित देखिएका छन्। केही समययता अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको छ। पछिल्लो २४ घण्टामा अमेरिकामा ३७ हजारभन्दा बढीमा सङ्क्रमणको पुष्टि भएको छ। ब्राजिलमा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा बढीमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ।

अमेरिका, ब्राजिल र रसिया पछि भारत कोरोना सङ्क्रमणबाट ग्रसित रहेको छ। भारतमा पछिल्लो २४ घण्टामा १८ हजारभन्दा बढी सङ्क्रमित थपिए सँगै कुल सङ्क्रमितको सङ्ख्या ४ लाख ९१ हजार १ सय ७० पुगेको छ भने निको हुनेको सङ्ख्या २ लाख ७५ हजार ६ सय ७१ पुगेको छ। पछिल्लो २४ घण्टामा भारतमा ४ सय १ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्। योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १५ हजार ३ सय ८ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*