कर्णाली प्रदेशमा स्वास्थ्यकर्मीसहित थप २५ जनामा कोरोना पुष्टि

वेलकम खबर
असार १२, २०७७

काठमाडौँ। कणाली प्रदेशमा थप २५ जनाका कोरोना सङ्क्रमणको पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुसार २ स्वास्थ्यकर्मीसहित थप २५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो।

प्रतिष्ठानमा सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको पिसीआर परीक्षण गरिएकोमा २ स्वास्थ्यकर्मी, १ जना भर्ना भएका बिरामी तथा परीक्षणका लागि आएका अन्य २२ जना गरी २५ जनामा कोरोना पुष्टि भएको जनाइएको छ। सङ्क्रमित सबै जना प्रतिष्ठानको आइसोलेसन वार्डमा रहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रतिष्ठानले जनाएको छ।

आजै बिहान गण्डकी प्रदेशमा पनि थप २५ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*