सक्कल नागरिकता बिना सिमकार्ड नपाइने

वेलकम खबर
असार ११, २०७७

काठमाडौँ। अब सिमकार्ड लिनको लागि अनिवार्य रुपमा ग्राहकको सक्कल परिचय पत्र आवश्यक पर्ने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार एक सूचना सार्वजनिक गर्दै मोबाइल सेवा प्रदायकलाई यस्तो निर्देशन दिएको हो।

यो सँगै सिमकार्ड लिनका लागि ग्राहक स्वयम् उपस्थित हुँदा समेत आफ्नो सक्कल परिचय पत्र (नागरिकताको प्रमाण पत्र वा मतदाता परिचय पत्र वा राहदानी वा प्राधिकरणले तोके बमोजिमको अन्य परिचय पत्रहरु) बोकेर जानुपर्ने भएको छ। सेवा प्रदायकले सक्कली परिचयपत्रसँग रुजु गराएर मात्रै सिमकार्ड दिनुपर्नेछ। यदि ग्राहक स्वयम् उपस्थित हुन नसकेको अवस्थामा कानून बमोजिमको वारिसनामा वा अख्तियारनामा लिएर आएको व्यक्तिलाई मात्र सिमकार्ड उपलब्ध गराउन प्राधिकरणले मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन जारी गरेको छ।

मोबाइल सेवा प्रदायकहरूले आफैँले वा तोकिएको आधिकारिक बिक्रेताहरू मार्फत सिमकार्ड बिक्री वितरण गरिहदाँ कसैगरी एक व्यक्तिको परिचयपत्रको प्रतिलिपी अर्को व्यक्तिले प्राप्त गरेको अवस्थामा अनधिकृत रुपमा अन्य व्यक्तिको मोबाइल नम्बरमा पहुँच पुग्न गई बैकिङ् सेवा, ईमेल सेवा, फेसबुक लगायतका समाजिक सञ्जाल र अन्य डिजिटल सेवाहरू तथा डाटाहरूमा समेत अनधिकृत व्यक्तिको पहुँच पुग्न जाने तथा सुरक्षा खतरा समेत बढ्ने भएकोले प्राधिकरणले नयाँ व्यवस्था गरेको हो।

प्राधिकरणका अनुसार यसको निरीक्षण तथा जाँचबुझको क्रममा प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना गरेको नपाइएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम कारवाही हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*