पाटन अस्पतालमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु
वेलकम खबर
असार ११, २०७७
काठमाडौँ। कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ। ललितपुर स्थित पाटन अस्पतालको आइसोलेसनमा रहेका एक व्यक्तिको मृत्यु भएको हो।
चितवन घर भई हाल ललितपुरको महालक्ष्मीस्थानमा बस्दै आएका ५० वर्षीय पुरुषको बिहीबार बिहान ७ बजेतिर मृत्यु भएको जनाइएको छ। उनको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनलाई कोरोना सङ्क्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार हुँदै आएको थियो।
यो सँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ।


















