नेपालमा कोरोना सङ्क्रमित प्रहरीको सङ्ख्या ६९ पुग्यो
काठमाडौँ। नेपालमा कोरोना भाइरस सङ्क्रमित हुने प्रहरीको सङ्ख्या ६९ पुगेको छ । देशभर सङ्क्रमितको सङ्ख्या बढिरहँदा प्रहरीमा पनि सङ्क्रमण बढ्दै गएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ३९ सङ्क्रमति प्रहरी उपचार पछि निको भएका छन्। भने ३० जना आइसोलेसनमा रहेका छन्।
सङ्क्रमण पुष्टि भएका प्रहरी मध्ये कपिलवस्तुमा कार्यरत ६, बारामा ७, गुल्मीमा १, धनकुटामा २, बाँकेमा १, धनुषामा १०, सप्तरीमा ४, सिराहामा ३, सर्लाहीमा २, तनहुँमा २, रौतहटमा ४ महोत्तरीमा २ रहेका छन्। साथै जुम्लामा २, जाजरकोटमा १, सुर्खेतमा १, दैलेखमा ९, कञ्चनपुरमा ३, बाजुरामा १, काठमाडौंमा १ र भक्तपुरमा एकजना गरी ६९ जना रहेका छन्।


















