बन्ने भयो पाथीभराको गुरुयोजना (फोटो फिचर)
ताप्लेजुङ । पाथीभरा क्षेत्रको विकासका लागि गुरु योजना निर्माण हुने भएको छ । नेपालकै प्रसिद्ध धार्मिक स्थल पाथीभराको विकास गर्न रणनीतिक योजना सहित गुरुयोजना निर्माणको काम शुरु भएको हो । पाथीभरा क्षेत्र विकास समितिले पुरातत्व विभागको सहयोगमा गुरु योजना निर्माण लागेको क्षेत्र विकास समितिले जनाएको छ ।

पाथीभरा क्षेत्र विकास समितिको आयोजनामा गुरुयोजना निर्माणको लागि ताप्लेजुङ सदरमुकाम फुङलिङमा बृहत्त अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो अन्तक्रिया कार्यक्रममा पूर्व सांसद तीलकुमार मेन्याङ्वोले सवैको सुझावलाईं समेटदै पाथीभरा हिजो कस्तो थियो अहिले कस्तो छ अब भोलि के बनाउने भनेर सवैको सल्लाह लिएर गुरुयोजना निर्माण गर्नु पर्ने बताउनुभयो ।
उहाँले पाथीभरा भनेको देशकै धार्मिक पर्यटकिय महत्वपूर्ण क्षेत्र भएको बताउदै त्यसलाई नीजि जस्तो नठानि विकास गर्नु पर्ने धारणा राख्नुभयो ।

त्यस्तै जिल्ला समन्वय प्रमुख घनेन्द्र मादेनले पाथीभरा आउने धार्मिक तीर्थयात्रीहरुलाई सुविधा होस भनेर गुरुयोजना निर्माण गर्न लागेको बताउदै सवैको सुझाव सल्लाह लिएर गुरुयोजना बनाउनुपर्ने बताउनुभयो । उहाँले पाथीभरा भनेका पाथीभरामा आस्था र विश्वास राख्ने सवैको भएको बताउदै सिमित रुपमा नबुझन सवैलाई आग्रह गर्नुभयो । उहाँले पाथीभरा परिसर भित्रको संरचना गेट भन्दा बाहिर राख्नु पर्ने सुझाव दिदै किरात धमालम्बीको माङहिमलाई पनि गुरुयोजनमा समेटनु पर्ने धारणा राख्नुभयो ।

त्यस्तै फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले गुरुयोजना बनाउदा सवै समेटिनु पर्ने बताउदै समयक्रमसगै विकास गतिलाई अगाडी बढाउनुपर्ने धारणा राख्नु राख्नुभयो । उहाँले पाथीभराले १ प्रदेशलाई नै राम्रो बनाउने हुनाले यसको सुुन्दरतालाई जोगाउनु पर्ने धारणा ब्यक्त गर्नुभयो । 
नेपाली काग्रेसका जिल्ला सभापति लिला बोखिमले गुरु योजनामा पाथीभराको समग्र विकास समेटिनु पर्ने धारण राख्नुभयो । त्यस्तै नेपाली काग्रेसका नेता अमिर मादेनले विकासमा सकरात्मक सहभागितामा जोड दिनुभयो । नेता मादेनले केबलकार जिल्लाको विकासको एक महत्वपूर्ण आधार भएकोले यसको आवश्यकता माथि जोड दिनुभयो ।

पुरातत्व विभागका पुरातत्व विद्ध काजी प्याकुरेलले पाथीभरा ऐतिहासिक मन्दिर भएकोले पुराना मठमन्दिरको संरक्षण गर्ने दायित्व पुरातत्व विभागको भएको बताउनुभयो । उहाँले पाथीभराको महिमा विश्व भरी नै फैलिएकोले यसको संरक्षण सम्बद्धन गर्न आवश्यक रहेको सगै पाथीभराको पुरातात्विक महत्वको जर्गेना गर्नु पर्नेमा जोड दिनुभयो । ।

पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्पबहादुर बरुवालले सवैको भावना गुरुयोजनामा समेटदै पाथीभरा क्षेत्र मिनी ताप्लेजुङ बनाउने धारणा राख्नुभयो । पुरातत्व बिभागले पाथीभराको गुरुयोजना बनाउनको लागि काम शुरु गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले बताउनुभयो ।




















