आज ६ देशबाट नेपाली स्वदेश फर्किँदै, जापानबाट मात्रै २५४ जना आउँदै
काठमाडौँ। आज कोरोना भाइरस महामारीका कारण अलपत्र परेका विभिन्न ६ देशबाट नेपालीहरू स्वदेश फर्किंर्दै छन्। विदेशी भूमिमा समस्यामा परेका नेपालीको उद्धार जारी गर्ने क्रममा आज १३ अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार, आज संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापान र कतारबाट नेपाली ल्याउँदैछन्। जापानबाट आज सबैभन्दा धेरै २५४ को उद्धार हुनेछ। यूएई र दोहाबाट समान १५२ जना, कुवेतबाट १४९ को उद्धार हुँदैछ। कतारको दोहाबाट पनि नेपाली बोकेर विमान आउँदै गरेको विमानस्थल कार्यालयले जनाएको छ। दोहाबाट पनि नेपाली आउँदै छन्।
पछिल्लो समय सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ताका लागि पहल गर्दै आइरहेको छ। यस अघि गत साता मात्रै विदेशका विभिन्न देशका २३ वटा नेपालीको शव पनि ल्याइएको थियो।


















