चट्याङ लागेर २ जनाको मृत्यु

वेलकम खबर
असार ११, २०७७

मकवानपुर। मकवानपुरको बकैयामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। गएराति चट्याङ लागेर बकैया–२ कालापानीका १७ वर्षकी सम्झना घिसिङ र २५ वर्षकी बिना घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। त्यस्तै एक जना घाइते भएका छन्।

राति पानीसँगै परेको चट्याङ लागेर १४ वर्षका किरण जिम्वा घाइते भएका हुन्। जिम्वाको दोभान स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*