नेपालमा थप एकको कोरोना सङ्क्रमणबाट मृत्यु 

वेलकम खबर
असार ११, २०७७

काठमाडौँ। नेपालमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका ती सङ्क्रमितको गए राती मृत्यु भएको हो। गए राति ११ स् ५५ मा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

मृतक असार ८ गते आइसीयुमा भर्ना भएका स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुष रहेको बताइएको छ। कोरोना भाइरस पोजेटिभ भेटिएका उनको शव व्यवस्थापनको तयारी भई रहेको जनाइएको छ। यसअघि पनि वालिङका एक पुरुषको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको छ।  यो सँगै गण्डकीमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेका सङ्ख्या २ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*