गण्डकी प्रदेशमा थप ११ मा कोरोना सङ्क्रमणको पुष्टि
वेलकम खबर
असार ११, २०७७
गण्डकी। गण्डकी प्रदेशमा ११ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन्। बिहीबार बिहान गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार ११ जना नयाँ कोरोना सङ्क्रमित थपिएका हुन्।
निर्देशनायलका अनुसार म्याग्दी, बाग्लुङ, स्याङ्जा र नवलपरासी पूर्वमा यी सङ्क्रमित थपिएका हुन्। योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ७ सय ५३ पुगेको छ।


















