फुङलिङ नगरपालिकाको बजेट ६२ करोड ८६ लाख

वेलकम खबर
असार १०, २०७७

ताप्लेजुङ : ताप्लेजुङको फुङलिङ नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ६२ करोड ८६ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बुधबार आठौं नगरसभामा उपमेयर बमबहादुर भट्टराईले चालुतर्फ ३९ करोड ६४ लाख ७३ हजार र पुँजीगततर्फ २३ करोड २१ लख ६५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

नगरपालिकाले आगामी बजेटमा पूर्वाधार विकासलाई प्राथमिकता दिने जनाएको छ । कुल पुँजिगत बजेटको ५४.४३ प्रतिशत (९ करोड ६४ लाख) सडक निर्माण, सिँचाई, पुलपुलेसा, भवन निर्माण, खेलमैदान, खोल्सी नियन्त्रण, नाली निर्माण, पदमार्ग निर्माण जस्ता पूर्वाधार विकासमा छुट्याइएको छ ।

त्यस्तै कृषि, उद्योग पर्यटन, पशु विकास र सहकारीमा ३ करोड ९९ लाख, शिक्षा, स्वास्थ्य, खेलकुद, लैङ्गिक समानता, खानेपानी तथा सरसफाई र संस्कृति प्रवद्र्धनमा कुल ३१ करोड ४५ लाख ५८ रुपैयाँ विनियोजन गरिएको छ ।

‘फूङलिङ नगरपालिका, उज्यालो नगरपालिका’ अभियानअन्तर्गत सबै वडाहरुमा विद्युत् सेवाको विस्तार गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रम, घरेलु तथा साना उद्योग विकास कर्यक्रम र कृषि तथा पशु सेवा प्रसार कार्यक्रममार्फत् रोजगारको पर्याप्त अवसर सृजना गर्ने नगरपालिकाको लक्ष्य रहेको मेयर छत्रपति प्याकुरेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*