नेपालमा थप ६२९ जनामा कोरोना सङ्क्रमणको पुष्टि, सङ्क्रमित सङ्ख्या १० हजार ७२८ पुग्यो
वेलकम खबर
असार १०, २०७७
काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ६२९ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १० हजार ७२८ पुगेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११४ जना उपचार पछि निको भइ अस्पतालबाट डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या हालसम्म २३३८ पुगेको छ। जसमध्ये २१४१ जना पुरुष रहेका छन्। भने कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ।


















