अभिनेत्री ऋचाले ‘चलचित्र टीभी’ एप सुरु गरिन्

वेलकम खबर
असार १०, २०७७

काठमाडौँ। नयाँ नेपाली चलचित्रहरूलाई एपमा रिलिज गर्ने उद्देश्यका साथ ‘चलचित्र टीभी एप’ सार्वजनिक गरिएको छ। अभिनेत्री ऋचा शर्माले अमेरिकामा रहेका केही साथीहरुसँग मिलेर यो एप सार्वजनिक गर्न लागेकी हुन्। आजबाट यो एप सार्वजनिक भएपनि केही दिनपछि मात्र दर्शकले आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्नेछन्।

एपमा चलचित्र ‘छ माया छपक्कै’ र ‘छक्का पन्जा ३’ रिलिज गर्ने तयारी गरिएको छ। कोरोना भाइरसको त्रासपछि सरकारले जारी गरेको लक डाउनका कारण विश्वभरका मानिसहरूमा डिजिटल माध्यमबाट चलचित्र हेर्ने रुचि बढेको छ। यो एपले दर्शकमा राम्रो प्रभाव पार्न सकेको खण्डमा नेपाली चलचित्रका निर्मातालाई पनि ठूलो राहत हुनेछ।

घरमै बसेर सीमित रकममा नेपाली चलचित्र हेर्ने दर्शकको चाहना अब पुरा हुँदैछ। हलमा रिलिज भैसकेका चलचित्रहरू युट्युबमा दर्शकले निशुल्क हेर्ने गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*