जम्मु-कस्मिरमा भएको गोलाबारीमा परी एक नेपालीको मृत्यु

वेलकम खबर
असार १०, २०७७

काठमाडौँ। भारतको जम्मु-कस्मिरमा भएको गोलाबारीमा परी भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ। गुल्मीको छत्रकोट गाउँपालिका वडा-५ खर्ज्याङ घर भई हाल भारतीय सेनामा कार्यरत हवल्दार दीपक कार्कीको गत सोमबार बिहान भएको गोलाबारीमा परी निधन भएको हो।

कार्की जम्मु काश्मिरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा ड्युटीमै भएका बेला पाकिस्तान तिरबाट प्रहार भएको गोली लागि गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा नै मृत्यु भएको जनाइएको छ।

१७ वर्षसम्म भारतीय सेनामा बिताएका उनी जागिर छाड्ने मोडमा समेत रहेका थिए। उनले गतवर्ष नै जागिर छाडेर पेन्सन लिएर बस्ने तयारी गरेका थिए तर उनी फेरि जागिरमा फर्किएका बताइएको छ। गत वर्ष पेन्सन निकालेर आउने सोच सहित गएका कार्कीलाई हवल्दारको प्रमोसन भए पछि उनी नआएको बताइएको छ।

उनी ३÷५ गोर्खा राइफल्समा कार्यरत रहेका थिए। १८ वर्षअघि भारतीय सेनामा भर्ती भएका कार्कीको उमेर अहिले ३८ वर्ष भएको उनको परिवारले स्रोतले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*