आज नेकपाको स्थायी कमिटी बैठक बस्दै

वेलकम खबर
असार १०, २०७७

काठमाडौँ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो।

बैठकको एजेन्डा औपचारिक रूपमा तय गरिएको छैन। तर, एमसिसी, सरकारका पछिल्ला काम, कोरोना रोकथाममा सरकारको भूमिका र विवादलगायतका विषयमा छलफल हुनसक्ने सचिवालय सदस्यहरूको भनाइ छ।

सरकारले गत वैशाखमा दल फुटाउन सहज हुनेगरि अध्यादेश ल्याएपछि नेकपामा स्थायी कमिटीको बैठकको माग हुँदै आएको थियो। तर, आफ्नो आलोचना हुने भएकोले ओलीले बैठक टार्दै आएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*