अग्नीपीडितका लागि सरोकार केन्द्र र केबलकारले दियो राहत
ताप्लेजुङ। ताप्लेजुङका अग्नीपीडितहरुका लागि दुई संस्थाले राहत वितरण गरेको छ। मंगलवार ताप्लेजुङ सदरमुकाम फुङलिङमा ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँ र पाथीभरा देवि दर्शन केबलकार प्रालिले नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा राहत स्वरुप रकम जम्मा गरेको हो।
ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले फुङलिङ नगरपालिकाका नगर प्रमुख छत्रपति प्याकुरेललाई तीन लाख ५ हजार नगद हस्तान्तरण गर्नुभयो। सरोकार केन्द्रले ताप्लेजुङ फुङलिङ ७ का स्थायी घर भई हाल अमेरिकाको न्युर्योक सिटीमा रहेका पुष्कर बरालले संकलन गरी पठाएको एक लाख २५ हजार, ईजरायलमा संकलन भएको ३१ हजार छ सय र सरोकार केन्द्रले काठमाडौँमा संकलन गरेको गरी जम्मा तीन लाख पाँच हजार नगद प्रकोप ब्यवस्थापन कोषमा जम्मा हुने गरी हस्तान्तरण गर्नु भएको हो।

हस्तान्तरण गदै अध्यक्ष साँवाले आपत विपतदमा परेका ताप्लेजुङकाबासीलाई सानो सहयोग गरेको बताउनुभयो। त्यस्तै केवलकार प्रालिले नगरपालिकाको कोषमा ४ लाख ५ हजार हस्तान्तरण गरेको छ।
केवलकार प्रालिका कार्यकारी निर्देशक ईश्वरी पौडेलले नगरप्रमुख प्याकुरेललाई सो रकम बरावरको चेक हस्तान्तरण गर्नु भएको हो। पुर्व सांसद तिलकुमार मेन्याङवोले जिल्लाबासीको दुखमा साथ दिने दुवै संस्थालाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तो सहयोग जारी राख्न अनुरोध गर्नुभयो।
नेपाली काग्रेसका सभापति लिलादेवि बोखिमले पीडितहरुको दुःखमा मलमपट्टी लगाउने काम काम गर्ने दुवै संस्थालाई धन्यवाद दिनुभयो। राहत रकम तथा चेक बुझदै नगरप्रमुख प्याकुरेलले दुवै संस्थालाई धन्यवाद दिदै एकद्धार नीति अनुसार राहत वितरण गर्ने बताउनुभयो। उहाँले हाल सम्म अग्नीपीडितकै लागि भनेर ९ लाख ३५ हजार प्रकोप कोषमा जम्मा भई सकेको बताउनुभयो। उहाँले सवै राहत रकम जम्मा भई सकेपछि एक कार्यक्रम गरी राहत वितरण गर्ने बताउनुभयो। ताप्लेजुङ फुङलिङ नगरपालिका ५ मा गत बैशाख १९ भएको आगलागीबाट ७ घर जल्दा ३२ घरपरिवार विस्थापित बनेका थिए।



















