विश्वका नम्बर एक टेनिस स्टार नोभाक जोकोभिचलाई कोरोना सङ्क्रमण 

वेलकम खबर
असार ९, २०७७

एजेन्सी। विश्वका नम्बर एक टेनिस स्टार नोभाक जोकोभिचलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ। सर्भियाका ३३ वर्षका जोकोभिचलाई कोरोना पुष्टि भएको बीबीसीले जनाएको छ। जोकोभिच हालका शीर्ष वरियताका टेनिस खेलाडी हुन्।

जोकोभिच हालका शीर्ष वरियताका टेनिस खेलाडी हुन्। ग्रिगोर दिमित्रोभ, बोर्नो कोरिक र भिक्टर ट्रोइकीलाई कोरोना भाइरस पुष्टि भएपछि जोकोभिचमा पनि कोरोना देखिएको जनाइएको छ।

हालै उनीहरूले जोकोभिचले आयोजना गरेको आड्रिया टुर कम्पिटिसनमा भाग लिएका थिए। केही खेलाडीले कोरोना सङ्क्रमण हुनुमा जोकोभिच दोषी भएको आरोप लगाएका छन्। केहीले भने जोकोभिचको बचाउ गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*