अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ लाख २२ हजार नाघ्यो

वेलकम खबर
असार ९, २०७७

काठमाडौँ। सबभन्दा धेरै कोरोनाले प्रभाव पारेको मुलुक संयुक्त राज्य अमेरिकामा मृत्यु हुनेको सङ्ख्या १ एक लाख २२ हजार नाघेको छ। वल्र्डओमिटरका अनुसार अहिले सम्म अमेरिकामा १ लाख २२ हजार ६ सय दुई जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ।

अमेरिमा अहिले सम्म कोरोना सङ्क्रमितको सङ्ख्या २३ लाख ८७ हजार दुई सय ३९ पुगेको छ। पछिल्लो २४ घण्टामा अमेरिकामा ३० हजार ५ सय भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ भने ३ सय ५५ जनाको मृत्यु भएको छ।

विश्वमा अहिले सम्म कोरोना संस्करणबाट मृत्यु हुनेको सङ्ख्या ४ लाख ७३ हजार ४ सय ५४ पुगेको छ। भने ९१ लाख ७९ हजार १ सय ८ जना सङ्क्रमित भएका छन्। पछिल्लो २४ घण्टामा विश्वमा १ लाख ३७ हजार दुई सय आठ जना नयाँ सङ्क्रमित थपिएका छन्। भने तीन हजार ८ सय ५८ जनाको मृत्यु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*