फेरि होला लकडाउन?

वेलकम खबर
असार ९, २०७७

काठमाडौँ। नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार पुग्न लाग्दा फेरि सरकारले लकडाउन गर्ने हो कि भनेर चौतर्फी चासो र चिन्ता बढेर गएको छ। नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई जना पुग्दा सरकारले १० चैत २०७६ साँझ निर्णय गर्दै ११ चैत बिहान ६ बजेदेखि लागू हुने गरी लकडाउन घोषणा गरेर सवारी साधन, हवाई सेवा, अन्तर्राष्ट्रिय सिमाना बन्द र अत्यावश्यक कामबाहेकमा हिँडडुल गर्न प्रतिबन्ध लगाएको थियो।

लगभग ८० दिन लकडाउन गरेपछि सरकारले पुनः लकडाउन खुकुलो बनाएको छ। सरकारले लकडाउन खुकुलो बनाउँदा कोरोना सङ्क्रमितको ग्राफ भने बढेर जाँदा पुनः लकडाउन हुने सम्भावनाका अड्कल बाजी हुन थालेका छन्। सरकारी अधिकारी भने अब पहिले जस्तो लकडाउन नहुने बताउँछन्। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अब पहिले जस्तो सोलोडोलो लकडाउन नहुने जनाउँछन्। कतै कोरोना फैलिएर गए त्यो ठाउँ सिल गर्ने गरी अहिले काम भइरहेको उनी बताउँछन्।

सरकारले कोरोनासँग लड्न लकडाउनको रणनीति परिवर्तन गरेको समेत पाइएको छ। त्यसका लागि सर्वसाधारणको जनजीवन सहज बनाउने, भौतिक दूरी कायम गर्न सचेतना पैदा गर्ने, औषधीजन्य आहार, व्यायाम आदिमा जोड गराउने नीति अघि सारेको पाइएको छ। राजधानी दैनिक

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*