पाँच जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमणको पुष्टि
वेलकम खबर
असार ८, २०७७
काठमाडौँ। कर्णाली प्रदेश अस्पतालका कोरोना सङ्क्रमितको सम्पर्कमा आएका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सोमबार बिहान गरिएको परीक्षणमा कर्णाली प्रदेश अस्पतालको प्रयोगशाला र एक्सरे कक्षमा कार्यरत स्वास्थ्यकर्मीमा सङ्क्रमण भेटिएको हो।
प्रदेश अस्पतालमा उपचार गराइरहेका तीन जनामा कोरोना सङ्क्रमण पाइए पछि उनीहरूको सम्पर्कमा आएका ४२ जनाको पीसीआर परीक्षण गरिएकोमा पाँच जना सङ्क्रमण भेटिएको बताइएको छ। प्रदेश अस्पतालका अनुसार सङ्क्रमित स्वास्थ्यकर्मीहरूलाई अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।


















