बझाङको क्वारेन्टाइनमा बसेका युवकद्वारा आत्महत्या
बझाङ। बझाङको क्वारेन्टाइनमा बसेका १ पुरुषले आत्महत्या गरेका छन्। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरी माविमा बनाइएको क्वारेन्टाइनमा बसेका सोही वडाको बुडखोरीका ३० वर्षीय १ युवकले आत्महत्या गरेका हुन्।
३ दिनअघि मात्र भारतको बैङ्गलोरबाट फर्केर क्वारेन्टाइनमा बसेका उनले गएराति झुन्डिएर आत्महत्या गरेको बताइएको छ। गत ६ गतेदेखि उनी क्वारेन्टाइनमा बसेका थिए। आत्महत्या गरेका ती युवकको आरडीटी समेत गर्न बाँकी रहेको जनाइएको छ।
युवक बसेको क्वारेन्टाइनमा अहिले ४ जना रहेका छन् । उनीहरू फरक-फरक मितिमा भारतबाट आएकाले अलग्गै कोठामा राखिएको बताइएको छ।


















