विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ९० लाख नाघ्यो

वेलकम खबर
असार ८, २०७७

काठमाडौँ। विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ९० लाख नाघेको छ। वल्र्डओमिटरका अनुसार अहिले सम्म विश्वभर सङ्क्रमितको सङ्ख्या ९० लाख ३७ हजार तीन सय ९५ पुगेको छ। आइतबार मात्र विश्वमा १ लाख ३० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन्। यसैगरी आइतबार विश्वमा ३ हजार ३३८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ।

सङ्क्रमितमध्ये उपचार पछि निको हुनेको सङ्ख्या ४८ लाख ३८ हजार नाघेको छ। भने ३७ लाख ७१ हजार पाँच सय १० जना उपचारको क्रममा रहेका छन्। सङ्क्रमितमध्ये ५४ हजार सात सय १९ जनाको अवस्था मात्र गम्भीर रहेको छ।

सबैभन्दा धेरै सङ्क्रमित तथा मृत्यु सङ्ख्या र निको हुनेको सङ्ख्या अमेरिकामा रहेका छन्। अहिले सम्म त्यहाँ २३ लाख ५६ हजारभन्दा बढी सङ्क्रमित हुँदा ९ लाख ८० हजारभन्दा बढी निको भइसकेका छन्। भने १ लाख २२ हजार २४७ जनाको मृत्यु भएको छ। ब्राजिलमा १० लाख ८६ हजारभन्दा बढी सङ्क्रमण देखिएकोमा ५ लाख ७९ हजारभन्दा बढी उपचार पछि निको भएका छन्। ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या अमेरिका पछि दोस्रो बढी रहेको छ। त्यहाँ अहिले सम्म ५० हजार ६५९ जनाको मृत्यु  भएको छ।

यसैगरी रूस र भारतमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको छ। रूसमा अहिले सम्म ५ लाख ८४ हजारभन्दा बढी सङ्क्रमित भएकोमा ३ लाख ३९ हजारभन्दा बढी उपचार पछि निको भएका छन्। भारतमा पनि अहिले सम्म ४ लाख २६ हजारभन्दा बढी मानिस सङ्क्रमित भएकोमा २ लाख ३७ हजारभन्दा बढी निको भइसकेका छन्। बेलायतमा अहिले सम्म ३ लाख ४ हजार ३३१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएकोमा ४२ हजार ५३२ जनाको मृत्यु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*