भारतमा एकै दिन १५ हजार बढीमा कोरोना सङ्क्रमण, ४२६ को मृत्यु

वेलकम खबर
असार ८, २०७७

काठमाडौँ। छिमेकी मुलुक भारतमा एकै दिन १५ हजारभन्दा बढीमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १५ हजार १८३ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या ४ लाख २६ हजार ९१० पुगेको छ। यस्तै एकै दिन ४२६ जनाको मृत्यु भए सँगै भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३ हजार ७०३ पुगेको छ।

सङ्क्रमितमध्ये २ लाख ३७ हजार २५२ जना उपचार पछि निको भएका छन्। सङ्क्रमित र मृत्यु दुवैका महाराष्ट्रमा अत्याधिक बढेको हो। त्यहाँ ३ हजार ८ सय ७० नयाँ सङ्क्रमित थपिए। भारतको कोरोनाको इपिसेन्टर मानिएको महाराष्ट्रमा १ लाख ३२ हजार ७५ जना सङ्क्रमित छन्। पछिल्लो २४ घण्टामा मात्र त्यहाँ १ सय ८६ जनाको मृत्यु भएको छ। महाराष्ट्रमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार १ सय ७० पुगेको छ।

दिल्लीमा ३ हजार नयाँ सङ्क्रमित थपिएका छन् भने त्यहाँ ६३ जनाको मृत्यु भएको छ। दिल्लीमा सङ्क्रमितको कुल सङ्ख्या ५९ हजार ७ सय ४६ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या २ हजार १ सय ७५ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*