लगातार वर्षा, सावधानी अपनाउन आग्रह 

वेलकम खबर
असार ८, २०७७

काठमाडौँ। केही दिनअघि देशको पूर्वी भू–भाग हुँदै प्रवेश गरेको मनसुन देशभर सक्रिय भएको छ। मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढी पहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

यस वर्ष जुन १२ (जेठ ३०) गते नेपालको पूर्वी भू–भाग हुँदै मनसुन भित्रिएको थियो। महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै गम्भीर सावधानी अपनाउन आग्रह गरेको हो। महाशाखाले देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २  र प्रदेश १ का  एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ।

जसका कारण ती क्षेत्रहरूका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात  प्रभावित हुने तथा ढल – पानीको राम्रो निकाश नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। काठमाडौँ उपत्यकामा पनि निरन्तर वर्षा भइरहेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*