पहिरोका कारण थुनियो अरुण नदी

वेलकम खबर
असार ७, २०७७

सङ्खुवासभा। सङ्खुवासभाको मकालु गाउँपालिका–२ र ५ मा पर्ने ओयाङमा पहिरो खसेपछि आंशिक रुपमा अरुण नदी थुनिएको छ। आइतबार गएको पहिराले प्रकाश राईको परिवारका सात जना विस्थापित भएका छन्। उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

करिब ६ सय मिटरमाथिबाट झरेको पहिराले नदी थुनिँदा करिब तीन सय मिटर पानी जमेर ताल बनेको बताइएको छ। स्थानीयवासी हिरालाल राईको घर र बिर्खबहादुर राईको गोठ उच्च जोखिममा परेकाले खाली गरिएको प्रहरीले जनाएको छ।

घटनाको विस्तृत जानकारी आउन बाकी रहेको छ। प्रहरीले अरुण आसपासको बस्ती, अरुण तेस्रो आयोजनाको विद्युत्गृहस्थल पुखुवा आसपास तथा हेलुवाबेँसी, चेवाबेँसी, मनकामनालगायत क्षेत्रका बासिन्दालाई  नदी छेउ नजान र सतर्क भएर बस्न आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*