नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ हजार नाघ्यो, २३ को मृत्यु

वेलकम खबर
असार ७, २०७७

काठमाडौँ। नेपालमा आइतबार थप ४ सय २१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका  अनुसार यो सँगै कुल सङ्क्रमितको सङ्ख्या ९ हजार २६ पुगेको छ।

साथै १९४ जना उपचार पछि निको भएर घर फर्किएका छन्। निको हुनेमा १८६ पुरुष र ८ महिला छन्। यो सँगै कुल निको हुनेको सङ्ख्या १ हजार ७ सय ७२ पुगेको छ। त्यस्तै नेपालमा अहिले सम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ।

विगत २४ घण्टामा ८ हजार ६ जनाको पिसिआर परीक्षण गरिएको छ। हालसम्म १ लाख ७५ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*