सुनको भाउ प्रतितोला ९० हजार नाघ्यो

वेलकम खबर
असार ७, २०७७

काठमाडौँ। नेपाली बजारमा आज (आइतबार) सुनको भाउ हालसम्मकै उच्च भएको छ। आज नेपाली बजारमा सुनको भाउ प्रतितोला ९० हजार ६ सय पुगेको छ।

हिजो भन्दा आज तोलामा ७ सय रुपैयाँले बढेर छापावाल सुनको भाउ ९० हजार ६ सय र तेजाबी सुनको प्रतितोला भाउ ९० हजार तीन सय रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

आइतबारका लागि महासङ्घले चाँदीको भाउ भने ९४० रुपैयाँ तोकेको छ। चाँदीको भाउ शुक्रबारको तुलनामा १० रुपैयाँ तोलामा बृद्धि भएको हो।v

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*