७ वटा परियोजनाका लागि १ खर्ब ८५ अर्बको विदेशी लगानी स्वीकृत

वेलकम खबर
असार ७, २०७७

काठमाडौं। लगानीबोर्डले विभिन्न ७ वटा परियोजनाका लागि १ खर्ब ८५ अर्ब ४३ करोड विदेशी लगानी स्वीकृत भएको छ। शुक्रबार बालुवाटारमा प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले लगानी स्वीकृत गरेको हो। जसमध्ये ५ वटा जलविद्युत र २ वटा सिमेन्ट परियोजनामा यो लगानी स्वीकृत गरिएको हो।

बोर्डका अनुसार दाङ सिमेन्ट इन्डष्ट्रिजका लागि ३२ अर्ब ५० करोड र सम्राट सिमेन्ट इन्डष्ट्रिजका लागि १५ अर्ब ५ करोड लगानी स्वीकृत गरेको हो। त्यसैगरी ३२७ मेगावाट क्षमताको अपर मर्स्याङ्दी-२ परियोजनाका लागि ७८ अर्ब ६५ करोड, ४२.९ मेगावाट क्षमताको अंखु खोला जलविद्युतका लागि ६ अर्ब ३० करोड, ५७.३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युतका लागि १० अर्ब ३१ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत गरेको जानकारी दिएको छ।

त्यस्तै इशुवा खोला जलविद्युत ९७।२ मेगावाटका लागि १३ अर्ब ५७ करोड र कालीगण्डकी गर्ज १६४ मेगावाटका लागि २८ अर्ब ६ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको छ। यसका साथै बोर्डले २० मेगावाटको स्टोरेज क्षमतासहितका दुई छुट्टै आयोजना गरी १२५ मेगावाट क्षमताको सौर्य उर्जा परियोजनाको सर्वेक्षण गर्न दिने निर्णय गरेको छ। रेजन इनर्जी सिंगापुर जेभीले यस्तो अनुमति पाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*