भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ लाख नाघ्यो
काठमाडौँ। छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा १५ हजार ९ सय १५ नयाँ सङ्क्रमित थपिए सँगै कुल सङ्क्रमितको सङ्ख्या चार लाख ११ हजार सात सय २७ पुगेको छ। यो सङ्ख्या भारतमा एकै दिन देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो।
वल्र्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ सय सात जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। यो सँगै भारतमा अहिले सम्म मृत्यु हुनेको सङ्ख्या १३ हजार दुई सय ७७ पुगेको छ। भारतमा तीन साताअघि लकडाउन खुकुलो बनाएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या तीब्र गतिमा बढ्न थालेको छ।


















