शनिबार ३३१ जना कोरोना संक्रमित थपिए, कुल संख्या ८६०५ पुग्यो
वेलकम खबर
असार ६, २०७७
काठमाडौं। शनिबार थप ३३१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ८ हजार ६०५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको सङ्ख्या १५७८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। कुल सङ्क्रमितमध्ये २२ जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार हालसम्म देशका ७४ जिल्लामा सङ्क्रमण देखिएको छ।



















