एमसिसीमा छलफल गर्न नेकपाको सचिवालय बैठक बस्दै
वेलकम खबर
असार ६, २०७७
काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज शनिबार बस्दैछ। संसद्मा दर्ता भएको अमेरिकी सहायता परियोजना (एमसिसी) अनुमोदनको प्रस्तावका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने गरी बैठक तय भएको बताइएको छ। बैठकमा यही असार १० र ११ गते बस्ने नेकपाको स्थायी कमिटी बैठकको तयारी, संसदीय समितिमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकका विवादित विषय आदि विषयमा छलफल हुने जनाइएको छ।


















