विशाल लिम्बूको ‘उत्ताउलो तिम्रो जवानी’ सार्वजनिक (भिडियोसहित)

वेलकम खबर
असार ६, २०७७

काठमाडौँ। ‘मेची तारा सिजन-२’ का उपविजेता विशाल लिम्बूको आवाजमा रहेको ‘उत्ताउलो तिम्रो जवानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। ताप्लेजुङको विभिन्न क्षेत्रमा छायाङ्कन गरिएको गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको हो।

पेम्बा लामाको निर्देशन रहेको यस भिडियोमा ‘खुला युगल डान्स प्रतियोगिता’का विजेता तथा सञ्चारकर्मी पदम श्रेष्ठ, बिनु तामाङ र रीना गुरुङको  मुख्य अभियान रहेको छ। उक्त म्युजिक भिडियो निर्माण युनिटले युट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ।

लिम्बूको स्वर रहेको यस गीतमा रमेश सुनुवारको सङ्गीत रहेको छ भने, गीतको भिडियोलाई सेगुना मिडिया हाउस ताप्लेजुङको ब्यानर मार्फत छायाङ्कन गरिएको हो।

भिडियो-

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*