कोरोना भाइरस : प्रदेश १ मा सङ्क्रमितको सङ्ख्या ४२२, निको हुने २३४

वेलकम खबर
असार ६, २०७७

प्रदेश १। प्रदेश १ मा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या अहिले सम्म ४२२ पुगेको छ। भने, उपचार पछि निको भई घर फर्कनेको सङ्ख्या २३४ पुगेको छ।

विराटनगर, मोरङको सुन्दरहरैचा र धरानमा अहिले १८८ जना सङ्क्रमितको उपचार भइरहेको छ। त्यस्तै कोशी कोरोना उपचार केन्द्रमा विराटनगरमा २५ जना, पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन सेन्टर सुन्दरहरैचा मोरङमा ८५ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७८ जनाको उपचार भइरहेको छ।

यसैगरी शुक्रबार प्रदेश १ मा थप दुई जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। सङ्क्रमित हुनेमा झापा दमकको र मोरङ बुढीगङ्गाका एकएक जना रहेका छन्। उनीहरूलाई उपचारका लगी विराटनगर लगिएको छ।

प्रदेश १ बाट थप १० जना  कोरोना सङ्क्रमित उपचार पछि निको भएका छन्। कोशी अस्पताल कोरोना उपचार केन्द्र विराटनगरबाट शुक्रबार १० जना निको भई घर फर्केका हुन्। घर फर्किनेमा खोटाङका तीन, सुनसरीका तीन, उदयपुरका दुई र मोरङ जिल्लाका दुई जना रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*