कोरोना भाइरस : विश्वमा मृत्यु हुनेको सङ्ख्या ४ लाख ६२ हजार नजिक, ८७ लाख ५० हजार भन्दा बढि सङ्क्रमित
काठमाडौँ। विश्वमा कोरोना भाइरसको सङ्क्रमणबाट अहिले सम्म चार लाख ६१ हजार ८१३ जनाको मृत्यु भएको छ। भने ८७ लाख ५० हजार ४८३ जना कोरोनाबाट सङ्क्रमित भएका छन्। साथै अहिले सम्म ४६ लाख २० हजार ३५५ जना भने उपचारपछि निको भएका छन्।
अहिले विश्वकै सबभन्दा धेरै कोरोना प्रभावित मुलुक अमेरिका बनेको छ। अमेरिकामा हाल सम्म एक लाख २१ हजार ४०२ जनाको मृत्यु भएको छ भने २२ लाख ९६ हजार ७९१ जना सङ्क्रमित भएका छन्। अमेरिका पछि धेरै प्रभावित भएको दोस्रो देश ब्राजिलमा अहिले सम्म ४९ हजार ९ जनाको मृत्यु भएको छ। भने १० लाख ३८ हजार ५६८ जना सङ्क्रमित भएका छन्। पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ।
यस्तै, इटालीमा ३४ हजार ५६१, स्पेनमा २८ हजार ३१५, फ्रान्समा २९ हजार ६१७, इरानमा ९ हजार ३९२, बेल्जियममा ९ हजार ६९५, जर्मनीमा ८ हजार ९६०, नेदरल्याण्ड्समा ६ हजार ८१, टर्कीमा ४ हजार ९०५, स्विट्जरल्याण्डमा १ हजार ९५६ जनाको मृत्यु भइसकेको छ।
नेपालमा एक हजार ८ हजार २७४ जना कोरोना सङ्क्रमित भेटिएको पुष्टि भएको छ भने २२ जनाको मृत्यु भइसकेको छ । यस्तै, एक हजार ४०२ जना सङ्क्रमित कोरोना मुक्त भएपछि डिस्चार्ज भएका छन् ।


















