नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार नाघ्यो
काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय २६ जना सङ्क्रमित थपिए सँगै कुल सङ्क्रमितको सङ्ख्या ८ हजार २ सय ७४ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विराटनगरमा भएको परीक्षणमा ३ जनामा कोरोना पुष्टि भएको छ।
जनकपुरमा भएको परीक्षणमा सर्लाहीका ११ जना र सप्तरीका ४ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका ७ जना, बाग्लुङका १८ जना, बैतडीका ६३, बझाङका ३ जना, बाजुराका ८ जना, डडेलधुराका ९ र धादिङका १ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। यस्तै डोटीका १५ जना, गोरखाका ११, कैलालीका ४६, कास्की, मकवानपुर र उदयपुरका २-२, काठमाण्डौका ३, मोरङ, सिन्धुली, चितवन र म्याग्दीका १-१ जना, नवलपरासी पूर्वका २, सिन्धुपाल्चोकको २१ जना, तनहुँका १९ र पर्वतका ५ जनामा कोरोना पुष्टि भएको छ।
हेटौँडामा भएको परीक्षणमा मकवानपुरका ६ जना, शिक्षण अस्पताल काठमाण्डौमा भएको परीक्षणमा बैतडीका ५ जना, पोखरामा भएको परीक्षणमा स्याङ्जाका ३ जना, कास्कीका ६ जना, नवलपरासी पूर्वका २ जना र बाग्लुङका १४ जनामा पुष्टि भएको छ।
रूपन्देहीमा भएको परीक्षणमा अर्घाखाँचीका ६ जना, गुल्मीका ९४ जना, कपिलवस्तुका ४ जना, नवलपरासी पश्चिमका १ जना र रुपन्देहीका २ जनामा कोरोना पुष्टि भएको छ। भने सेती अस्पतालमा भएको परीक्षणमा अछामका १ जना, कैलालीका ३ जना र कञ्चनपुरका २० जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन्। हालसम्म १४ सय २ जना कोरोना सङ्क्रमति निको भई डिस्चार्ज भएका छन्।


















