आत्महत्या गरेका व्यक्तिमा दाहसंस्कारपछि कोरोना सङ्क्रमणको पुष्टि

वेलकम खबर
असार ५, २०७७

काठमाडौँ। बाजुराको क्वारेन्टाइनमा आत्महत्या गरेका एक पुरुषमा दाहसंस्कार गरेपछि कोरोना सङ्क्रमणको पुष्टि भएको छ।

बाजुराको बडिमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका ४५ वर्षीय पुरुषले जेठ ३० गते आत्महत्या गरेका थिए। आत्महत्या गरेकै दिन स्वाब सङ्कलन गरिए पनि ६ दिन पछि बिहीबार मात्र मृतक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ।

बडिमालिका नगरपालिका–२ माझिगाउँका उनी ६ जनाको परिवारसहित जेठ २८ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए। उनी दमको बिरामी रहेको समेत बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*